काठमाडौं, २३ असोज । राजधानीको सुन्धारा स्थित कर्मचारी सञ्चयकोषको भवनमा भाडामा बस्ने व्यापारीहरुले लामो समयदेखि भाडा नतिरेको पाइएको छ ।
कोषले शुक्रबार एक सुचना जारी गर्दै २०७५ सालदेखि हालसम्मको भाडा नतिर्नेहरुको सुची सार्वजनिक गरिदिएको छ ।
कोषले २०७५ साल पुस ११ गते काठमाडौं मल भाडा लिने विषयमा श्री शिव लक्ष्मी कोजुसँग गरेको सम्झौता भंग गरेको थियो त्यसपछि गोरखापत्रमा सुचना प्रकाशन गर्दै कोससँगै डाइरेक्ट भाडा सम्झौता गर्न आउन आह्वान गरेको थियो । तर, उनीहर हालसम्म पनि भाडा सम्झौता गर्न नआएको र कोषको भवन प्रयोग गरेर व्यापार गरेपनि भाडा भने नतिरेको कोषको भनाई छ ।
कोषले भाडा तिर्न भन्दै गत वर्ष असोज ५ गते, मंसिर २९ गते, माघ ७ गते र फागुन १ गते निरन्तर गोरखापत्र दैनिक सुचना जारी गरेपनि उनीहरुले भाडा बुझाउन मानेका छैनन् । चैत्र ३ गते त कोषले हुलाकमार्फत चिठि नै पठाउँदा समेत व्यापारीहरुले भाडा बुझाएका छैनन् ।
कोषका अनुसार २०७५ पसस ११ गतेदेखि २०७६ माघ २९ गतेसम्मको भाडा यथाशिघ्र बुझाउन भनेको छ । भाडा नतिेर्नलाई कानुन बमोजिम कारबाही गर्ने समेत कोषको चेतावनी छ ।
यस्तो छ भाडा नतिर्नेहरुको सुची