नर्भिकका कर्मचारीमाथि बसन्त चौधरीको ज्यादती : चौधरीकै फाइनान्समा खाता हुनुपर्ने !

दियो पोस्ट  


काठमाडौं, २४ असोज । आफूलाई विश्वकवि दाबी गर्ने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मालिक बसन्त चौधरीले आफ्ना मातहतका कर्मचारीमाथि चरम ज्यादती गरिरहेका छन् ।

कोरोना महामारीबीच जबरजस्ती चार दर्जन भन्दा बढी कर्मचारीलाई निकालेको विषयमा दियोपोष्टले समाचार प्रकाशन गरेपछि यतिबेला ती कर्मचारीलाई पुन काममा फर्काउनको कोशिस भइरहेको छ । तर, चौधरीले आफू मातहत रहेका कर्मचारीलाई नर्भिकले दिने मासिक तलब र न्युनतम ५ हजार रुपैयाँ भने आफ्नै स्वामित्वको फाइनान्स जम्मा गर्नै पर्ने अनौठो शर्त राखेको पाइएको छ ।


नर्भिक अस्पतालमा कार्यरत ९ सय जना कर्मचारीले आफ्नो तलब पाउन उनकै स्वामित्व रहेको युनाइटेड फाइनान्स कम्पनिमा खाता खोल्नै पर्ने र ५ हजार रुपैयाँ भने खातामा भइरहुनपर्ने सर्त राखेको पाइएको छ ।

‘हामीलाई मासिक ५ हजार रुपैयाँ युनाइटेड फाइनान्समा जम्मा हुनै पर्ने भनिएको थियो । मैले पनि जम्मा गरिराखेकी छु,’ एक नर्सले भनिन्,‘तलब मासिक ९ हजार चार सय २२ रुपैयाँ छ । त्यो पनि अहिले त कोरोनाको नाममा ६ महिनादेखि २५ प्रतिशत हस्पिटलले नै काटेको छ ।’


दरबारमार्गमा कार्यालय रहेको युनाइटेड फाइनान्सको अध्यक्ष पनि बसन्त चौधरी नै हुन् । उनी नर्भिक अस्पतालका समेत अध्यक्ष हुन् । चौधरीले नर्भिक अस्पतालबाट करिब ३ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गर्दै आएका छन् ।

कोरोना माहामारी शुरु भएपछि उनले राज्यलाई ५० लाख डोनेशन दिने घोषणा समेत गरेका थिए । तर, उनले आफ्नै कर्मचारीबाट भने २५ प्रतिशत तलब भत्ता काटेर मासिक ७५ लाख रुपैयाँ नाफा गरेको एक कर्मचारीको भनाई छ ।

सरसफाई विभागमा काम गर्ने अर्का एक मजुरका अनुसार युनाइटेड फाइनान्समै रहेको मजदुरको खातामा नर्भिकले तलब समेत हालिदिने गरेको छ । ‘यहाँ खाता खोल्नै पर्ने र नखोले तलब समेत नपाउने भनेपछि हामीले खाता खोल्यौँ । त्यहाँ न्युनतम ५ हजार रुपैयाँ हुनैपर्ने नियम राखिएको छ,’ ती कर्मचारीले भने,‘हाम्रै तलब रकमलाई समेत हाम्रा मालिकले ब्याजमा लगाएका छन् ।’

यस विषयमा प्रतिक्रिया लिन युनाइटेड फाइनान्सका सुचना अधिकारी आयुसविर सिंह ताम्राकारलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर