काठमाडौं, २८ असोज । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले हिन्दु नेपालीको दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ ।
साथै कम्पनिले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ । कुनैपनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने कम्पनिले जनाएको छ ।
देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अंतर्गत रु ५१ हजार सम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने कम्पनिले जनाएको छ । रमन मोटर्सले हाल ८० सिसिका सस्तोदेखि २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ ।