यी हुन् ओली सरकारमा थपिएका ३ मन्त्री : २ मन्त्रीको जिम्मेवारी हेरफेर ! (सुचिसहित)

दियो पोस्ट  

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरुको जिम्मेवारी हेरफेर गर्दै मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

बालुवाटार जग्ग प्रकरणमा विवादित बनेका नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सम्बन्धित खबर