‘एनआरएन मलेशियाको लापरबाही’का कारण एक नेपालीको मलेशियामा मृत्यु !

दियो पोस्ट  

क्वालालम्पुर, २ कार्तिक । मलेशियामा एक नेपाली नागरिकको रहस्यमयी रुपमा मृत्यु भएको छ ।


मलेशियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली राजदूतावास नजिकै अलपत्र रुपमा भेटिएका झापा दमक नगरपालिका ११ घर भएका रोहन राईलाई गैरआवाशिय नेपाली संघ एनआरएन मलेशियाका अध्यक्ष हरि भट्टराई लगायतले उद्दार गरेको दाबी गरेका थिए ।

उनीहरुले उनलाई सडकबाट उद्दार गरि दूतावासकै सहयागमा उद्दार गरिएको बताइएको थियो । स्थानिय क्लिनिकमा प्राथामिक उपचार गरि एनआरएन मलेशियाले नजिकै रहेको एक होस्टेलमा राखेको थियो ।

उनलाई थप उपचारका लागि अस्पताल लैजानुको सट्टा होस्टलमा राखेको कारण निधन भएको बताइएको छ ।


क्वालालम्पुरमा रहेको ईश्वर श्रेष्ठको होस्टलमा उनलाई राखिएको थियो । मलेशियामा रहेर अवैध हुण्डी कारोबार गर्दै आएका श्रेष्ठ पटक पटक जेल पर्दै छुट्दै आएका थिए । उनलाई केही महिना अघि मात्रै एनआरएनको सदस्य बनाइएको हो ।

‘अस्पतालमा लैजानुपर्ने मान्छेलाई होस्टलमा लुकाएर राखिएको कारण उहाँको निधन भयो,’ एनआरएनका एक सदस्यले भने,‘उहाँलाई सामान्य क्लिनिकमा राखेर उपचारपछि घरमा राख्नुभन्दा अस्पताल लगिएको भए बाँच्नु हुन्थ्यो होला । एनआरएन नेतृत्वको लापरबाहीका कारण उहाँको निधन भयो ।’


मृतक राई विरामी भएको अवस्थामा उद्दार गरिएको भन्दै एआरएनले प्रचार गरेकोथियो । तर, सस्तो प्रचार गर्ने एनआरएनले उनलाई स्थरिय हस्पिटलमा पुर्याउने विषयमा भने ध्यान नदिँदा मृत्यु भएको अर्का एक सदस्यको भनाई छ ।

एनआरएन मलेशयाको ग्रुप म्यासेजमा अध्यक्ष हरि भट्टराईले आफूले लेखेको सन्देश लेख्दै मेट्दै गरेका छन् । ‘एनआरएनएको सटर हाउस छैन । बाटोमा अलपत्र नेपालीभेटिएको हुनाले नेपाली दूतावासबाट हेल्प गरि यो पीडितलाई १/२ दिन राखिदिनु भनेर सरहरुको आग्रह मानेर दुतावाससँगको सहकार्यमै क्लिनिकमै लगेर उपचार गरि हाम्रो स्वयंमसेवकले उहाँलाई राखेको हो,’ भट्टराईले भनेका छन् ।

TATA ADD