काठमाडौं, ३ कार्तिक । राजधानीको बालुवाटार स्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय गेटैमा एउटा भव्य बैंक छ– सांग्रीला विकास बैंक ।
यो बैंकलाई नियमन, सुपरिवेक्षण गर्ने जिम्मा राष्ट्र बैंककै हो । सायद राष्ट्र बैंककै गेटमा कार्यालय भएका कारण बैंकका सिइओ सुयोग श्रेष्ठले एउटा डरलाग्दो घोटाला गरेको तथ्य पाइएको छ ।
राष्ट्र बैंककै सुपरिवेक्षणका क्रममा यो बैंक भित्र भइरहेको यो घोटालाको पर्दा खुलेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कमसल धितोमा सर्वसाधरणको बचत रहेको बैंकको २० करोड रुपैयाँ मनोमानी बाँढेको पाइएको हो ।
२०७५ कात्तिक १३ गते लक्ष्मी खड्का सञ्चालक रहेको आर एन सप्लायर्सलाई १९ करोड ९० लाख रुपैयाँ ऋण दिएको घटनालाई राष्ट्र बैंकले छानबीन थालेको छ ।
बत्तिसपुतलीको भित्री गल्लीमा रहेको कित्ता नम्बर ३९२, ३३१, ३३२, ३३४ का ८ सय १० दशमलव ६६ वर्गमिटर अर्थात करिब २५ आना जग्गा धितो राख्दा करिब २० करोड रुपैयाँ ऋण दिएको पाइएको हो । कमसल धितोका उक्त जग्गाहरुलाई बैंकको सेटिङमा ३० करोड रुपैयाँ भन्दा बढी मुल्यांकन गरि १९ करोड ९० लाख रुपैयाँ ऋण दिइएको पाइएको हो ।
आनाको एक करोड ६५ लाख रुपैयाँका दरले उक्त जग्गाको किर्ते मुल्यांकन गरि उक्त ऋण स्विकृत गरिएको पाइएको हो ।
बैंकले नयाँ वानेश्वर स्थित खड्काकै घरमा शाखा सञ्चालन गरेको समेत पाइएको छ । सुयोगले ऋणीमाथि यतिसम्मको दया गरेकी बत्तिसपुतलीको जग्गा धितो राखेर ऋण लिएकी घरबेटीले साँवाँ व्याज नियमित नबुझाउँदा समेत ऋण असुलीको प्रक्रिया नै अपनाइएन । गत वर्ष अनुगमनमा पुगेका राष्ट्र बैंकका अधिकारीहरु त्यहाँ पुग्दा उक्त फाइल देखेपछि झस्किए ।
बत्तिसपुतलीको गल्ली भित्रका ती जग्गाहरु किर्ते मुल्यांकन गरि ऋण दिइएको पाइएको छ । आनाको एक करोड रुपैयाँ पनि नपर्ने ती जग्गाहरुलाई प्रति आना एक करोड ६५ लाखसम्म बढाएर मुल्यांकन गरिएको हो । करिब ५० देखि ६० लाख प्रति आना पर्ने ती जग्गाहरुलाई किर्ते मुल्याकंन गरि बढाएर ऋण दिएको पाइएको हो ।
किर्ते मुल्यांकन गरि ऋण दिने कार्यमा समलग्न सिइओ श्रेष्ठ लगायतले राष्ट्र बैंकका अधिकारीलाई विभिन्न ‘अफर’ गरेर छानबीन प्रभावित गर्न खोजेको समेत स्रोत बताउँछ ।
यद्धपी राष्ट्र बैंकको अनुसन्धान भने टुंगिएको अवस्था छैन । यहि छानबीनका कारण सांग्रीला बैंक थप समस्यामा पर्दै र्गएको छ । राष्ट्र बैंकले उक्त ऋणमा प्रोभिजन गर्न निर्देशन दिएपनि बैंकका सिइओ श्रेष्ठ सेटिङ तिर लागेका थिए ।
उनले गरेको गलत क्रियाकलापको भागिदार आम डिपोजिटरहरु पर्ने भएका छन् । यो काण्ड लुकाएर बैंकले गत आर्थिक वर्षमा १८ करोड ३९ लाख रुपैयाँ नाफा गरेको भन्दै शेयरधनी र बचतकर्तालाई झुक्याएको थियो ।
उनले नक्कली नाफा देखाएर बैंकको शाखमा समेत गम्भिर समस्या देखाएको पाइएको छ । त्यति मात्रै होइन उनले उक्त ऋण प्रकरणमा फाइल उठाउने कर्मचारीलाई कारबाही गरेर राजिनामा दिन लगाएको अरोप छ ।
यद्धपी उक्त ऋण पत्रमा भने सिइओ श्रेष्ठकै हस्ताक्षेर देखिन्छ । आफू जोगिनका लागि कसैलाई कारबाही गरेको देखाएपनि मुख्य अभियुक्त भने उनी स्वयं हुन् ।
उक्त ऋणमा सीइओ श्रेष्ठको पनि हस्ताक्षर छ । तर उनले आफू जोगिन सम्बन्धित शाखाका प्रबन्धकलाई कारबाही गरे । समस्या समाधानका लागि लक्ष्मी श्रेष्ठको उक्त जग्गा नाटकीय रुपमा दिल कुमार श्रेष्ठलाई बिक्री गरियो । यद्धपी बैंकमा धितो रहेको उक्त जग्गा कसरी विक्री गरियो भन्ने सेटिङ पर्दा भने खुलेको छैन । यसरी बैंकमा धितोमा रहेको सम्पत्ति बेचविखन गर्न मालपोख कार्यालयले रोक्का राखेको हुन्छ ।
यतिसम्म गरिएको छ की दिल कुमारको सेक्युर्ड हस्पिटालिटी नामक कम्पनिले २०७६ साल पुस मसान्तमा बत्तिसपुतलीको सोही जग्गा धितो राखेर सांग्रिला विकास बैंकबाटै २० करोड रुपैयाँ ऋण निकालिएको छ ।
राष्ट्र बैंकलाई झुक्याउन सुयोगले यस्तो प्रपञ्च गरेपनि एउटा प्रश्न भने उठेको छ ‘१९ करोड ९० लाख रुपैयाँ ऋणको फाइल उठाउने प्रबन्धकलाई कारबाही गर्ने बैंकले सोही धितोमा २० करोड ऋण किन दियो ?’ स्पष्ट छ श्रेष्ठको सेटिङ ।
सुयोगको क्रिपा पाएका दिल कुमार श्रेष्ठले पनि बैंकलाई सावाँ ब्याज लगायत किस्ता रकम बुझाएनन् । यति हुँदा पनि उनलाई सिइओ श्रेष्ठले ऋण असुली गर्ने प्रक्रिया थाल्नुको सट्टा उल्टै ९८ लाख रुपैयाँ ऋण दिइएको पाइएको छ ।
सुयोगले प्रबाहा गरेको झण्डै एक अर्बको ऋणमा स्वार्थ र सेटिङ देखिएपछि बैंकका सञ्चालकहरु उनलाई कारबाही गर्ने निष्कर्शमा पुगेको स्रोत बताउँछ । यद्धपी बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाइँकै रोजाईमा बैंकको सिइओ बनेका सुयोगलाई कस्तो कारबाही होला भन्ने विषयमा भने अहिले नै निष्कर्श निकाल्नु हतार हुनेछ ।
उनले बुटवलनको अचिभर्स एकेडेमीलाई प्रबाहा गरेको १४ करोड ९० लाख ऋणमा समेत बद्मासी गरेको आरोप छ ।