कोरोना संक्रमणबाट धादिङका सांसद खेम लोहनीका भाई मोहन लोहनीको मृत्यु !

दियो पोस्ट  

धादिङ, ५ कार्तिक । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुर घर भएका मोहन लोहनीको मृत्यु भएको छ ।


राजधानीको सिनामंगलमा रहेको काठमाण्डु मेडिकल कलेज (केएमसी)मा उनको निधन भएको हो ।लामो समयदेखि युवा राजनीतिमा समेत समलग्न रहेका उनी पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय कार्यालयमा समेत थिए ।


उनलाई पूर्व आपूर्ति मन्त्री गणेशमान पुनले आफ्नो सचिवालयमा समेत राखेका थिए । धादिङबाट प्रतिनिधि सभामा निर्वाचित खेम लोहोनीका भाई समेत रहेका उनी राजनीतिमा सक्रिय थिए ।


उनी निकट आफन्तका अनुसार उनलाई ज्वरो आएको थियो । ज्वरो आएपछि अस्पताल भर्ना भएका उनलाई आइसियुमा राखिएको थियो ।

भेन्टिलेटरमा राखिएको उनको मृत्य भएको हो । पारिवारिक स्रोतका अनुसार मोहनसँगै उनका आमा समेत बस्दै आएकी थिइन् । ‘आमालाई कान्छोले नै पाल्दै आएको थियो । तर, उनै कान्छो यो संसारमा नरहेपछि आमालाई कसले पाल्ने हो,’ पारिवारिक स्रोतले भन्यो ।

TATA ADD