पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौं, ८ कार्तिक । पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएका छन् । भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो।

’चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईले भनेका छन्।

Trending News