पूर्व राज्यमन्त्री सहित १० जना जुवाडे स्वयम्भु क्षेत्रबाट पक्राउ

दियो पोस्ट  

काठमाडौं, १५ कार्तिक । पूर्वराज्य मन्त्री खोबारी रायसहित १० जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी बृत्त स्वयम्बुबाट खटिएको प्रहरीले विजेश्वरी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।


स्वयम्बुका डिएसपी निरन्जन दत्त भट्टले जुवाडेहरुलाई विजेश्वरी क्षेत्रबाट पक्राउ गरेको भएपनि विवरण भने आइ नसकेको बताए । उनले आफू कार्यालयबाट बाहिर रहेकाले सबैकुरा बुझी नसकेको दियोपोस्टलाई बताए ।

राप्रपाबाट सांसद तथा राज्य मन्त्री बनेका राय यसअघि पनि ठमेलमा नांगो युवतीसहित पक्राउ परेका थिए ।

सम्बन्धित खबर