काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।
उनलाई चयन गरिएसँगै उनको प्रतिष्पर्धीले समेत पञ्चालाई बधाई दिएका छन् ।
अखिल क्रान्तिकारीको नेतृत्वको दाबी गरिएका यसअघि उपाध्यक्ष रहेका तिलक राज भण्डारीले पञ्चालाई बधाई दिँदै ७ बुदे बक्तव्य जारी गरेका छन् । उनले प्रचण्डले गरेको निर्णयलाई सहजतापूर्वक स्वागत गर्दै उनले आन्दोलन सुदृढ गर्न लागी पर्न आह्वान गरेका छन् ।
नेतृत्व छनौट प्रक्रिया प्रति भने उनले घुमाउरो पारामा विरोध गरेका छन् ।
‘कार्यकर्ताहरुका बीचमा रमाउँदा रमाउँदै नेतृत्वहरुको विश्वास जित्न नसकेकोमा क्षमा चाहान्छु,’ उनले लेखेका छन् ।