कान्तिपुरका साहुद्वारा पूर्व सांसद शाहमाथि चरम ज्यादती : आफ्नै जग्गामा भवन बनाउन रोक !

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन २४, २०७८ | १०:३०:३४

काठमाडौं । राजधानीको थापाथली चोकमा एउटा भव्य महल छ । प्रतिष्ठित मिडिया घराना कान्तिपुर दैनिक लगायत दर्जनौँ कर्पोरेट कार्यालय रहेको यो महलको नाम हो,–‘सेन्ट्रल बिजनेश पार्क’ ।

राष्ट्र बैंकसँगैको गेटबाट प्रवेश गरेपछि सेन्ट्रल बिजनेश पार्कको अन्डरग्राउन्ड पार्किङमा पुगिन्छ । अन्डरग्राण्ड पार्किङबाट गाडीहरु बाहिर निस्कँदा सोही रुटबाट फर्कनु पर्ने हो । तर, कान्तिपुर दैनिकको ‘दादागिरी’ का कारण पूर्व सांसद राजिव विक्रम शाहको स्वामित्व रहेको जग्गालाई बाटो बनाएर गाडीहरु निस्कने गरेका छन् । त्यही गाडी निष्कने जग्गामा स् भवन बनाउन भन्दै राजिव विक्रम शाहले केहीदिन अघि डोजर लगाउन थाले । तर डोजर चलाउन थालेको केही दिनमै कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको दबाव आयो,‘हाम्रो बाटो छेक्न पाइँदैन ।’

सिरोहियाको दबावपछि यतिबेला भवन निर्माणाको काम समेत रोकिएको छ । कान्तिपुर दैनिकका माालिक सिरोहियाकै दबावका कारण भवन बनाउन नपाएको भन्दै जाजरकोटका पूर्व सांसद साह यतिबेला तनावमा छन् । भवन निर्माणको विषयमा प्रश्न गर्न उनको नम्बरमा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।

तर उनको पारिवारिक स्रोतका अनुसार शाह यतिबेला निकै मानसिक तनावमा पुगेका छन् । ‘मिडियाको आवरणमा हामीलाई हाम्रो जग्गामा भवन बनाउन दिइएन । हामीले भवन निर्माणका लागि ठेक्का पट्टा समेत खोलेर डोजर चलाउने बेला अवरोध गरियो,’ उनी निकट एक व्यक्तिले दियोपोस्टसँग भने,‘अब हामी कानुनी कारबाहीमा अघि बढ्नेछौँ ।’

उनकाा अनुसार कान्तिपुर दैनिक वा बिजनेश पार्कमा आउनेहरुले भवन प्रवेश गर्दा जुन रुटबाट आएको हो त्यही रुटबाट मात्रै आउन पाउँछन् । नयाँ बनाइएको बाटो शाहको व्यक्तिगत जग्गा हो । यो जग्गाबाट बाटो बनाउन समेत नपाउने भएपनि कान्तिपुरकै रबाफका कारण शाहले भवन बनाउन समेत पाएका छैनन् ।

‘हामीमाथि अलि बढी नै अन्याय भयो । मिडियाको आवरणमा यसरी दादागिरी गर्न पाइँन्छ,’ उनको प्रश्न छ,‘यस्तै हो भने त मिडियाले जे जसलाई पनि हप्न पाइने भयो होइन र ?’
त्यसो त कान्तिपुरका मालिक सिरोहीया र व्यापारी अजय सुमार्गीबीच जग्गाकै विषयलाई लिएर यसअघि समेत किचलो भएको थियो । उनीहरुबीचको विवाद ‘मिडिया वार’ हुँदै अदालतसम्म पुगेको थियो ।

 

सम्बन्धित खबर