एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् पाँच वर्षका लागि २० ग्यारेन्टी (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

यस्तो छ  २० ग्यारेन्टी:

१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ : भविष्यको जग बसाइ
८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० खर्ब

हेर्नुहोस् घोषणापत्र : 

सम्बन्धित खबर