नेप्सेमा उकालोः सात अंकले बढ्दा एक अर्ब ४६ करोडको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको चौथो दिन आज पनि नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५६ अंकले बढेर एक अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको नेप्से आज सात दशमलव ३२ अंकले बढेर १९ सय ३८ दशमलव ३० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स शून्य दशमलव ७९ अंकले बढेर तीन सय ८२ दशमलव ९४ अंकमा पुगेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको २९ हजार ४७ पटकको कारोबारमा ४३ लाख ४६ हजार सात सय आठ कित्ता सेयर खरिद(बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी १० वटा समूहको सूचक बढेका छन् । यीमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ६१ अंकले घटेर १३ सय ६८ दशमलव २४ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक एक दशमलव ६२ अंकले घटेको छ भने ट्रेडिङ समूहको सूचक पनि २२ दशमलव ९७ अंकले घटेको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ