संसद बाहिरका तीन कम्युनिस्ट पार्टीद्वारा चुनाव बहिष्कार कार्यक्रमको मिति सार्वजनिक

दियो पोस्ट  

काठमाडौं। संसदभन्दा बाहिर रहेका तीन कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार कार्यक्रमको मिति सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा), विश्वभक्त दुलाल आहुती नेतृत्वको (वैज्ञानिक समाजवादी), ऋषि कट्टेल नेतृत्वको (नेकपा)ले कात्तिक ३० गतेसम्म चुनाव बहिष्कारका कार्यक्रमका मिति सार्वजनिक गरेका हुन् ।

राजनीतिक सभाको रुपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते, बर्दिवास र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् ।

साथै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि ३० गतेसम्म राखिएको छ । देशव्यापी जिल्ला र स्थानीय स्तरमा आ–आफ्नो सापेक्षतामा संयुक्त चुनाव बहिष्कार कार्यक्रम गर्न सक्ने कार्यतालिकामा उल्लेख छ ।

सम्बन्धित खबर