काठमाडौँ । नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलका प्रतिनिधिहरू मतदातालाई पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै एमालेका उम्मेदवार पोखरेलका प्रतिनिधिहरूसहित काठमाडौँ ५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको हो ।
यस्तै, पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानीलकण्ठमा राखिएको छ ।