
धादिङ । जिल्लाको खनियाबास गाँउपालिका-१ का वडा अध्यक्षले दियोपोस्ट डटकमका प्रधानसम्पादकलाई धम्की दिएका छन् । पूर्वगृहमन्त्री बुद्धिमान तामाङको विषयमा समाचार लेखेको भन्दै वडाअध्यक्ष सोनाम बहादुर तामाङले दियोपोस्टका प्रधानसम्पादक सुदिप विश्वकर्मालाई धम्की दिएका हुन् ।
‘म यो वडाको वडाअध्यक्ष हो, म राजा हो, मैले श्रिपेज पनि लगाएको छु,’ आईतबार विहान तामाङले दियोपोस्टका प्रधानसम्पादकलाई फोन गरेर भने, ‘मलाई नसोधी किन समाचार हालिस् ?’
शनिवार दियोपोस्टमा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ झार्लाङ पुगेपछि माओवादी कार्यकर्ताको घर तोडफोड !शिर्षकमा समाचार प्रकाशित भएको थियो । सो समाचारप्रति उनले प्रधानसम्पादकलाई धम्कि दिएका हुन् ।