विश्वकप फुटबल २०२२ : मेक्सिकोलाई २-०ले हराउँदै अर्जेन्टिनाको पहिलो जित

दियो पोस्ट  

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेज्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको छ । लुसेल रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले ८७औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित सुनिश्चित गरेको थियो । पहिलो खेलमा साउदीअरबसँग २–१ गोलको नतिजामा पराजय बेहोरेको अर्जेन्टिनलाई अन्तिम १६ यात्रा जिवितै राख्न यो खेल जित्नैैपर्ने दवाव रहेको थियो । समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराए अर्जेन्टिना अन्तिम १६ प्रवश गर्नेछ । पहिलो खेलमा पोल्यान्डसँग गालरहित बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा साउदी अरबको समाना गर्नेछ ।

सिफारिस