
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।
पार्टी कमिटीले सर्वसम्मत रूपमा महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै कीर्तिपुर नगरपालिका–१ को अध्यक्षमा अष्टमान महर्जन र ४ को अध्यक्षमा नारायण विष्ट माओवादी केन्द्रबाट उम्मेदवार बन्नेछन् ।
उता दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेखी शेर्पा (डोल्मा)लाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
सबै उम्मेदवारहरूसँग सामूहिक छलफल गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितको शुभकामनासमेत दिएका छन् । १६ मंसिरमा उपनिर्वाचन हुँदै छ ।