रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित

दियोपोस्ट संवाददाता

रुकुम पूर्व । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीका अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

यद्यपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी नै भएको बताएको छ । कार्यालयका अनुसार उम्मेदवारी फिर्ताका लागि दिउँसो ३ बजेसम्मको समय भएकाले त्यसपछि मात्र औपचारिक जानकारी सार्वजनिक हुने छ ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित खबर