काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले नियुक्ति भएको पाँच महिना पुरा नहुँदै राजीनामा दिएका छन्।
संघीय संसद सचिवालयका अनुसार सोमबारदेखि लागू हुने गरी अधिकारीले राजीनामा दिएका हुन्।
शिक्षासहित विभिन्न मन्त्रालय तथा निर्वाचन आयोगको सचिवका काम गरेर नियमित अवकास पाएका अधिकारी गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।
सचिव अधिकारीले स्वास्थ्यका कारण आफूले राजीनामा दिनु परेको उल्लेख गरेका छन्। उनको राजीनामासँगै प्रतिनिधिसभाका लागि नयाँ सचिवको खोजी सुरु भएको छ।