काठमाडौं, १५ कार्तिक । आफ्ना कार्यकर्तालाई नेकपाकै कार्यकर्ताले गोली हानी हत्या गरेको भन्दै नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ ।
सर्लाहीको रामनगरमा गत मंगलबार झडपमा परी १ व्यक्तिको ज्यान गएको थियो ।
नेपाली काँग्रेस सर्लाहीले शुक्रबार विज्ञप्ती निकाल्दै घटनामा संलग्न दोषिमाथि कारबाही गर्न माग गर्दै भोलीदेखि बजार भन्द गर्ने लगायत कार्यक्रमको घोषणा गरेको हो । घटनामा पार्टीले राखेका चार मागमध्ये कुनैपनि सम्वोधन नभएकोले आन्दोलन गर्नुपरेको नेपाली काँग्रेस सर्लाहीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले गोली प्रहार गर्दा आफ्ना कार्यकर्ता रामविलास महतोको ज्यान गएको काँगे्रसको आरोप छ । यता नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने घटनामा आफ्नो कार्यकर्ताको कुनै संलग्नता नरहेको जनाएको छ ।
घटना राजनीतिक कारण नभई व्यक्तिगत रिसीबीका कारण भएको विज्ञप्ती नै निकालेर दाबी गरेको छ ।
काँगे्रसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाईते भएकाहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्नुपर्ने माग राखेको छ । मृतकका परिवारले महतोको शव अझै बुझेका छैनन् ।