यसरी जुरेको थियो मुस्ताङको नाम, ४५ तस्विरमा हेर्नुहोस् ‘सुन्दरताको राजधानी’ मुस्ताङ

Diyo post  

टुरुप संग्रौला

मुस्ताङ, २९ कार्तिक । हिमालपारीको जिल्लाको रुपमा परिचित मुस्ताङलाई सुन्दरता र मनोरमतको राजधानी मानिन्छ । संघीय नेपालको गण्डकी प्रदेशमा पर्ने मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।

जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यसको उत्तर(दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ। यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ। यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन्।


यसरी जुर्यो मुस्ताङको नाम

नेपाल धेरैजसो जिल्लाहरूको नामाकरण कुनै खोला स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ। तिब्बतीयन भाषामा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ शब्दमा अपभ्रंश भएको हो भन्ने जनश्रूति रहेको छ।

जडिबुटिका हिसावले प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो। हामीले माथिल्लो मुस्ताङको केही तस्विर यहाँ प्रकाशित गरेका छौँ । जुन तस्विर हाम्रा सहकर्मी टुरुप संग्रौलाले कैद गरेका हुन् ।

सम्बन्धित खबर