फ्रस्टेसन भयो भने के गर्ने ? अपनाउनुहोस् यी ६ उपाय !

दियो पोस्ट  

काठमाडौँ, मंसिर २ । मानिस सोचे अनुसारका कामहरु गर्न नसक्दा फ्रस्टेट हुन्छन । जति गर्दा पनि प्रगती नहुनु , पछिल्लो समय प्रेममा धोका पाउनु लगायतका अन्य थुप्रै कारणहरुले फ्रस्टेसन निम्त्याउँछ । फ्रस्टेसन हुँदा के गर्ने ? यी सामान्य उपायहरु अपनाउनुहोस् ।

-फ्रस्टेसन पहिलो स्टेजमा भएको मानिसलाई काम गर्न मन नलाग्ने, मन दःखी भइरहने हुन्छ । यस्तो अवस्थामा खुशी हुने उपायको खोजी गर्ने ।
-साथीभाइसंग खुलेर आफ्नो समस्याको विषयमा कुरा गर्ने ।

-समयमा खाने, पुरा निद्रा सुत्ने, मन परेको गित सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने ।

-व्यायाम गर्नुस्, योगा गरेर मन खुसी राख्न प्रयास गर्नुस् ।विगतका कुरा सम्झेर दःखी नहुनुस् । सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्नुस् ।

-हरियाली वातावरण, मिल्ने साथी, घरपालुवा जनावर आदि जसले आशाको सञ्चार गराउन सक्छन्, नियाल्नुस् । लामो सास लिनुहोस् ।

-यति गर्दा पनि मन शान्त नभएका मनोपरामर्शदाता वा चिकित्सककहाँ जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । फ्रस्टेसनका तीन स्टेजमध्य पहिलो र दोस्रो स्टेजका बिरामीलाई सही परामर्शबाट पनि समस्या समाधान हुन्छ । तेस्रो अवस्थामा पुगेमा चिकित्सकको सल्लाहअनुरुप औषधि सेवन गर्नुपर्छ । नयाँ पत्रिकाबाट

TATA ADD