किन बनाउँदै छ चिनले कृत्रिम सूर्य, यसबाट वातावरणलाई के असर पार्छ ?

किन बनाउँदै छ चिनले कृत्रिम सूर्य, यसबाट वातावरणलाई के असर पार्छ ?

काठमाडौँ, मंसिर छ । विश्वमा आणविक शक्ति निर्माणको होड चलिरहेको बेलामा संसारको शक्तिशाली मुलुकको सुचिमा पर्ने चिनले कृत्रिम सूर्यको निर्माण गर्ने घोषणा गरेको छ । अन्य शक्तिशाली मुलुकरुलाई चुनौती दिने चिनको यस किसिमको तयारीले अमेरिका लगायतका शक्तिशाली मुलुकहरुलाई झड्का लाग्ने देखिएको छ । सन् २०२२ सम्म ३ वटा कृतिम चन्द्रमा निर्माण गर्ने लक्ष्य लिएको चिनले वास्तविक सूर्यभन्दा करिब ६ गुणा बढी तापक्रम भएको कृत्रिम सूर्य निर्माण गर्ने परियोजनाको थालनी गरेको छ ।

सौर्यमण्डलको सूर्यको तापक्रम करिब १५ मिलियन डिग्री सेल्सियस रहँदा चिनले प्रकृतिलाई नै चुनौती दिने ढंगले करिब १० करोड डिग्री सेल्सियसको कृत्रिम सूर्य निर्माण गर्न लागेको हो । चिनको एकेडेमी अफ साइन्ससंग आवद्ध इन्सटिच्युट अफ प्लाज फिजिक्सले उक्त कृत्रिम सूर्य आठ मिटर फराकिलो र करिब ३६० टन गहु्रंगो हुने बताएको छ । एक्सपेरिमेन्टल एड्भान्स सुपरकन्डिसन टोकोमन (इस्ट¬) नाम दिइएको उक्त परियोेजनाको मुख्य उद्धेश्य भने न्युक्लियर फ्युजनको माध्यमबाट उर्जा उत्पादन गर्ने रहेको छ ।

उर्जाको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्नको निमित्त कृत्रिम सूर्य बनाइएको र यसबाट वातावरणलाई असर पनि नगर्ने प्लाज फिजिक्सले जनाएको छ । न्युक्लियर फिसनबाट हजारौँ बर्षसम्म पनि असर नघट्ने घातक पदार्थ उत्पन्न हुने तर फ्युजनको माध्यमबाट भने कुनै पनि किसिमको हानिकारक पदार्थ ननिस्कने हुँदा वायुमण्डललाई समेत कुनै असर नपर्ने चिनको दाबी रहेको छ । यसको निर्माणबाट पृथ्वीमा बढ्दै गइरहेको उर्जा संकटलाई समेत नियन्त्रण गर्ने बताइएको छ ।

 

कृत्रिम सूर्यको निर्माणपछि यसले सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै उर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुने छ । यसले चिन रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ । सन् २०२० सम्ममा अन्तरिक्षमा पठाइसक्ने उद्धेश्यसहित निर्माण गर्न लागिएको उक्त कृत्रिम सूर्य हाल परिक्षण अवस्थामा रहेको छ । यसको निर्माणपश्चात दैनिक करिब १५ हजार डलर खर्च हुनेछ भने संचालनको शक्तिभन्दा कैयौँ गुणा बढी शक्ति दिने प्लाज फिजिक्सले जनाएको छ ।


कृत्रिम सूर्य बनाउनको लागि हाईड्रोज ग्याँसलाई करिब पाँच करोड डिग्री सेल्सियसमा तताइन्छ र त्यसको तापक्रम १०२ सेकेण्डसम्म स्थिर गरिन्छ । अत्याधिक तापक्रममा तताइएपछि हाईड्रोजन ग्याँस हिलियममा परिणत हुन्छ र त्यसमा ताप र प्रकाश पैदा हुन्छ । यसरी निर्माण गरिन लागिएको कृत्रिम सूर्य प्रकाश दिनको लागि भने नभएको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

कृत्रिम सूर्य निर्माणमा जति कठिनाई छ नियन्त्रणमा भने सहज रहेको प्लाज फिजिक्सका वैज्ञानिकहरुको दाबी छ । सम्पूर्ण प्रतिक्रिया उपकरणहरुबाट नै गराईने हुँदा यसको पावर सप्लाई बन्द गर्दा कृत्रिम सूर्य पूर्ण रुपमा बन्द हुने बताइएको छ । उपकरणमा गरिएको पावर सप्लाई बन्द गरिएपछि सम्पूर्ण भागहरु निष्किृय हुने हुँदा विस्फोट हुने र दुर्घटना हुने कुनै पनि खतरा नभएको बताइएको छ ।

वातावरणीय असर
वास्तविक सूर्यभन्दा ६ गुण बढी तापक्रम हुने भनिएपछि संसारका वातावरणविद्हरुमा त्रास छाएको छ । यसले वायुमण्डलमा गम्भिर खतरा निम्त्याउन सक्ने चेतावनी समेत दिएका छन् । वातावरणविदहरुको अभिव्यक्तिलाई खण्डन गर्दै प्लाज फिजिक्सले निर्माण गरिन लागिएको उक्त सूर्यले पर्यावरणमा असर नपुर्याउने बताएको छ । यसको निर्माणबाट पृथ्वीमा प्रकृतीमाथिको दोहन नियन्त्रण हुने र दुषित हुँदै गइरहेको पर्यावरणलाई समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ । न्युक्लियर फ्यूजनको माध्यमबाट नै उर्जा उत्पादन गरिने हुदा यसबाट वातावरणमाथि कुनैपनि प्रभाव नपर्ने अधिकारीहरुले जनाएका छन् । यसबाट प्राकृतिक उर्जामाथिको निर्भरता कम गर्दै विश्व वातावरणलाई सन्तुलन राख्ने विश्वास समेत व्यक्त गरिएको छ ।

० Comments




Trending News