नेपाल एयरलाइन्सको दुबै वाइड बडी विमान हाई– फ्लाई एयरलाईन्सको स्वामित्वमा

दियो पोस्ट  

काठमाडौं । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०–२४३ पनि समावेश छन्।

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएतापनि हाईफ्लाईले भने उक्त विमान आफ्नै स्वामित्वमा रहेको बताएको छ । बेचिसकेको विमानलाई आफ्नै स्वामित्वमा रहेको सुचिमा राखिनुले दुवै गम्भिर सन्देश खडा गराएको छ । नेपाल एयरलाइनसका प्रवन्ध निर्देशक सुगरत्न कंसाकरले केही दिनअघि सार्वजनिक गरेको नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र हेरेर उक्त विमान नेपाल एयरलाईन्सकै स्वामित्वमा रहेको भ्रम रहेको थियो । उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो। हस्ताक्षरभन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो। यो स्वामित्व ९टाइटल० को प्रमाणपत्र होइन। प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ।उता हाई फ्लाई जहाज बेच्ने कम्पनी पनि होइन। एयरबसका जहाज भाडामा लगाउने कम्पनीका रूपमा उसले आफूलाई चिनाएको छ। उसले यसअघि कसैलाई जहाज बेचेको पनि छैन। बरु एयरबसका ठूलठूला विमान आफैं उडाउँछ। मिलेसम्म भाडामा लगाउँछ।

 

‘हाई फ्लाई वाइड बडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो। एयरलाइन्सहरूका छोटा÷मध्यकालीन वा कुनै सिजनमा चाहिने आवश्यकता परिपूर्ति गर्न यो संस्था सहयोगी बन्नेछ’, उसले आफ्नोबारे वेब साइटमा भनेको छ।

त्यति मात्र होइन, विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’ शुक्रबारको अन्नपुर्ण पोस्टमा खबर छ ।