धादिङको मैदीबाट देखिने मनोरम हिमश्रृङ्खलाहरु (फोटो फिचर)

दियोपोस्ट संवाददाता

धादिङ, १६ कार्तिक । शरद ऋतुको शुरुवातसँगै देशैभर मनोरम हिमश्रृङ्खलाहरु देखिने क्रम जारी छ । यो रमाइलो मौसममा घुमघाम गर्दै हिमाल नजिकै पुग्नेहरुको पनि उस्तै ताँती छ ।


हिमाली जिल्लाहरु मध्ये पर्ने धादिङ पनि पर्यटकीय गन्तव्य हो । धादिङको रुवीभ्यालीमा रहेको गणेश हिमाल आसपासका क्षेत्रहरुमा यतिबेला मनोरम दृष्यहरु देख्न सकिन्छ ।

यता धादिङकै ज्वालामुखि गाउँपालिकाबाट पनि मनोरम हिमश्रृङ्खलाहरु देखिन थालेका छन् । ज्वालामुखि २ मैदीबाट उत्तर तर्फ मनाश्लु, गणेश हिमाल र पाविल हिमालका मनोरम दृष्यहरु देखिन्छन् ।


फोटोमा हेर्नुहोस् मनोरम दृष्यहरु

सम्बन्धित खबर

सिफारिस