पूर्वराजा विरेन्द्रको स्वामित्व रहेको काठमाडौं प्लाजा भवन खाली गर्न ७ दिने अल्टिमेटम !

दियो पोस्ट  

काठमाडौं, १९ कार्तिक । राजधानीको कमलादीमा रहेको काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टले सुचना जारी गरेको छ ।


कन्सेप्ट डेभलपर्स प्रालीले भाडामा लिएको उक्त भवनमा करार सम्झौता म्याद सिद्धिएपछि पनि कन्सेप्टले नै प्रयोग गरिरहेको छ ।


नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको कमलादिस्थित कित्ता नम्बर २२३५ मा ५ रोपनी क्षेत्रफलमा जग्गामा निर्मित काठमाडौं प्लाजा भवन कन्सेप्ट डेभ्लपर्स प्रा.लीले २०६६ साल पुस २३ गते भाडामा लिएको थियो । पटक पटक म्याद थपिएको भएपनि गत असार २ गते भाडा सम्झौताको म्याद सकिएको थियो ।


नेपाल ट्रष्टले घर खाली गर्न भन्दै ७ दिने म्याद दिएको छ । पूर्व राजा विरेन्द्र शाह र उनको परिवारको स्वामित्वमा रहेको सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्ने भन्दै नेपाल ट्रष्टले यस्ता भवनहरु मनोमानी रुपमा भाडामा लगाउँदै आएको छ ।

TATA ADD