भोली दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक

दियो पोस्ट  

काठमाडौं, २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए ।

केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएका थिए । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक राख्न पटक पटक आग्रह गर्दा पनि अर्का अध्यक्ष ओलीले अस्विकार गरेपछि छुट्टै बैठक समेत भएको थियो ।

TATA ADD