काठमाडौं, २७ कार्तिक । कोरोना संक्रमणबाट विरामी भएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीको उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु,’ अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था भने सामान्य छ ।