काठमाडौं, ६ मंसिर । मुटुरोग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिलले आफुलाई ईन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेशन नेपालले हैरानी पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा डा. अनिलले आफूले कल्पना नै नगरेको घटिया व्यबहार वर्ल्डलिंक कम्युनिकेशनबाट व्यहोर्नु परेको बताएका छन् ।
‘एक महिना ५ दिन भयो वर्ल्ड लिंक कम्युनिकेशनको नेट प्रयोग गरेको । यति घटिया हुनसक्छ भनेर कल्पना पनि गरेको थिइन् । छिमेकीको वाईफाई सिग्नल मेरो मोबाइलमा आउँछ तर मेरो घरकै टिप्दैन । कस्टोमर सर्भिसमा ५–६ पटक भनेपनि केही भएन,’ उनले भनेका छन्,‘अब अर्कोमा चेन्ज गनुपर्छ होला । १५ हजार रुपैयाँ इन्स्टलेशन चार्ज बेकारमा गयो । संसारकै महँगो तर अत्यन्तै श्लो इन्टरनेट नेपालमै होला भन्ने अनुमान गरेको थिएँ । यतिको घटिया सर्भिस पनि नेपालीले नै बर्दास्त गरेका छन् ? यिनीहरुलाई राज्यको कानुनले छुन्छ की छुँदैन ? नयाँ ईन्टरनेट जोड्नुअघि सोच्नुहोला मित्रहरु ।’
त्यसो त वर्ल्डलिंकमाथि आम ग्राहकले पटक पटक प्रश्न गर्दै आएपनि नियामक निकाय दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरी मौन जस्तै देखिएको छ ।