उद्योगीको चुनावमा ‘बैंकर उम्मेदवार’ : चन्द्र ढकाल र रामचन्द्र संघाई उद्योगी की ‘बैंकर’ !

दियो पोस्ट  

काठमाडौँ, ७ मंसिर । यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । यसअघि चैत्रमा हुने भनिएको महाधिवेशन पटक पटक सर्दै साउन २६ र २७ गते महाधिवेशनको मिति तय गरेको थियो । तर, कोभिड १९ महामारीका कारण फेरी सेरेर मंसिर दोस्रो साता भने करिब निर्वाचन हुने पक्का पक्की छ । बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुँदैछ । यसैकारण नीजि क्षेत्रमा यतिबेला चरम धुर्विकरण भइरहेको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महाधिवेशन पश्चात स्वतः अध्यक्ष हुने छन् । अध्यक्षको कार्याकाल तीन बर्ष हुने प्रावधान अनुसार आगामी महाधिवेशनबाट चुनिएका बरिष्ठ उपाध्यक्ष तीन बर्षपछि स्वतः अध्यक्ष हुने छ ।

वरिष्ठ उपाध्यक्ष नै भावि अध्यक्ष हुने हुँदा उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा देखिन्छ । दुई समुहले आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । प्रतिस्पर्धा कडा हुने भएपछि दौडधुप र प्रचारप्रसार पनि त्यही अनुसार बढेको देखिन्छ । यसअघि नै दुई समुहले छुट्टाछुट्टै कार्यक्रम गरि उम्मेदवार घोषणा गरिसकेका छन् ।

हाल महासंघका एसोसिएट तर्फबाट उपाध्यक्ष रहेका चन्द्र प्रसाद प्रसाद ढकालले आफ्नै प्यानल खडा गरेर वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । असारको अन्तमा उम्मेदवारी घोषणा गरेका ढकाललाई महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले समर्थन गरेका छन् ।

महासंघका हरेक निर्वाचनमा अध्यक्ष बनाउने ठेक्का चण्डिराज ढकालले नै पाउँदै आएको आरोप छ । महासंघको हाल अध्यक्ष रहेकी भवानी राणा भने किशोर प्रधान समुहलाई जिताउन लागि परेकी छिन् । ढकालको प्यानलमा उनको प्यानल अन्तर्गत नगर÷जिल्ला उपाध्यक्ष पदका लागि गुणनीधि तिवारी, एशोसियट उपाध्यक्ष तर्फ रामचन्द्र सांघाई र बस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ रहेका छन् । संघाईमाथि विदेशी मद्रा अपचलन गरेको गम्भिर अभियोगमा सिआइबीले छानबीन गरिरहेको छ । उनले केही दिनअघि मात्रै सिआइबीमा बयान समेत दिएर आएका छन् ।

प्रधानको प्यानललाई महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् । गोल्छा प्रधानलाई जिताउनको लागि फिल्डमै खटिएका पनि छन् । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष पशुपती मुरारका, पुर्व अध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले पनि प्रधानकै प्यानलको समर्थन गरेका छन् ।

उद्योग धन्दा चलाउने महासंघका सदस्यहरुलाई सँधै पिरोल्ने दुख दिने काम बैंक तथा वित्तिय संस्थाले गर्छन् । बैंकहरुको चर्को ब्याज र धितो लिलामीलाई लिएर उद्योगी व्यापारीहरु पटक पटक विरोधमा आइरहेका छन् । तर, उद्योगी व्यापारीहरुको नेतृत्वमा उनै बैंकर ढकालको उम्मेदवारी परेको छ ।


उद्योगपतिहरु नेपालका बैँकहरुमाथि चर्को ब्याज लिने, उद्योगीलाई अनावश्यक मानसिक तनाव दिने, व्यवसायीको सम्पत्ती हत्याउन अनेकन तिकिडम अपनाउने लगायतका आरोप लगाउँदै आएका छन् । कैयौँ बैँकहरुले त अनेकौ जालझेलपुर्ण तरिका लगाएर व्यवसायीहरुलाई सडकमै पुर्याएका उदाहरणहरु पनि छन् । त्यस्तोमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा पर्छ । सोही बैंकको अध्यक्ष हुन् ढकाल । त्यसो त उनी इन्फ्रास्ट्रक्चर डेभलोपमेन्ट बैंकका निर्देशक समेत हुन् ।

ढकाल उद्योगी भन्दापनि बढि बैंकर हुन् । उनको समुहमा एशोसियट उपाध्यक्ष बनेका रामचन्द्र संघाई पनि बैंकर हुन् । उनी एनआइसि एशिया नामक बैंकका सञ्चालक हुन् । संघाईकै कारण चुनावको मुखमा ढकाललाई ठूलो धक्का लाग्ने अवस्था देखिएको छ । त्यसो त राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको छ । रामचन्द संघाईले ८ बर्षदेखी सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको भन्दै बिभिन्न निकायहरुमा उजुरी परेपछि छानविन भइरहेको छ ।

को हुन् चन्द्रप्रसाद ढकाल ?

बागलुङमा जन्मिएका चन्द्रप्रसाद ढकाल बैंकर्स हुन् । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) बाट वित्तिय व्यवसाय शुरु गरेका ढकाल अहिले नेपालकै सबैभन्दा ठुलो लगानी रहेको बैँक ग्लोबल आइएमईका अध्यक्ष छन् । उनले दर्जनौँ वित्तिय संस्थाहरु संचालन गरेका छन् ।

त्यस्तै आइएमई अटोमोटिभ्स प्रालि, इलाईट क्यापिटल लिमिटेड, वर्ल्डवाईड इन्भेस्टमेन्ट प्रालि, हिमालयन पावर पार्टनर प्रालि, माउन्टेन इनर्जी नेपाल प्रालि, सिएम ट्रेडिङ, चन्द्रागिरि हिल्स लगायत विभिन्न व्यवसायिक क्षेत्रमा उनको संलग्नता रहेको छ । राष्ट्रिय वन क्षेत्रमा निर्मित चन्द्रागिरि हिल्समा ढकालले अवैध धन्दा चलाएको आरोप लाग्ने गरेको छ ।

वन क्षेत्रमा उनले कानुन विपरित विभिन्न रिसोर्ट सञ्चालन गरेपछि उनलाई वन मन्त्रालयले जरिवाना समेत तिराएको थियो ।

सम्बन्धित खबर