‘धादिङवेशीमा शिव प्रसाद रिजालको ठगीधन्दा’ : ‘मलाई बेहोस् बनाएर ३६ लाखको कागज गराइयो’

दियो पोस्ट  


Personal Story # Diyopost

काठमाडौं, ८ मंसिर । धादिङको निलकण्ठ नगरपालिका शिरानबजार घर भएका शिव प्रसाद रिजालमाथि ठगीको अरोप लागेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ घर भएका विवेक रोकाले आफूलाई रिजालमाथि बहोसी अवस्थामा पुर्याएर ३६ लाख भन्दाबढीको कागज बनाएर अदालतमा मुद्दा हालेको आरोप लगाएका हुन् ।


विवेकले दियोपोस्टको कार्यालयमा आएर दिएको बयान यस्तो छ ।

मेरो नाम विवेक रोक्का हो । घर चन्द्रागिरी १४ नयाँ नैकाप । अहिले म बेरोजगार छु । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रोडा ढुंगा गिटी, इट्टा बालुवा सप्लाइ गर्ने सप्यालर्स थियो । म त्यहाँ काम गर्थेँ । प्रोपाइटर पुर्ण बहादुर श्रेष्ठ हो ।

म एकाउन्टको रुपमा काम गथेँ । २०७५ साल साउन महिनाको पहिलो साता २ जना मान्छेहरु हाम्रो काम गर्थे ठाउँमा आए । एउटाको नाम शिव प्रसाद रिजाल रहेछ । अर्को कैलाश केसी । म त्यहाँ एकाउन्ट हेर्थेँ ।

मैले उनीहरुलाई ग्राहकको रुपमा हेरेँ । उनीहरु भने अर्कै उद्देश्यले आएका रहेछन् । कैलाश केसीले म नागार्जुन ४ मा बस्छु । तपाईंले मलाई एउटा सहयोग गरिदिनुपर्छ भन्नुभयो । मैले ठिकै छ समस्या बताउनुस् भनेँ ।


‘म सितापाइला सप्लायर्स भन्ने डिपो चलाएर बसेको मान्छे । अहिले डिपो कोल्पाप्स भयो । अहिले लगानी नभएर मैले चलाउन सकिनँ ।

तपाईंको डिपो देखाएर मेरो नागार्जुन ४ सितापाइलामा भएको घर धितोमा राखेर ऋण लिन्छु’ भन्नुभयो । मैैले भने यो डिपो मेरो त होइन । अरुको डिपो मैले तपाईंको भन्दा मलाई असर पर्ला नी भनेँ । उनीहरुले होइन त्यस्तो केही पनि असर गर्दैन । तपाईंलाई गाह्रो साह्रो पार्ने काम गर्दैनौँ भने ।

ल ठिकै छ बैंकको मान्छे बोलाउनु न त भनिदिएँ । तीन दिनपछि एक जना नयाँ मान्छे आउनु भयो । ‘म बैंकको मान्छे हो’ उहाँले भन्नुभयो । बस्नुुस् भनेँ तर मान्नु भएन । यो कैलाश केसीको डिपो हो ? भनेर सोध्नुभयो । मैले हो भनिदिएँ । खातापाता हेर्न मिल्छ भनेर सोधेपछि हिसाब किताबको स्टेटेन्ट दिनुपर्छ भनेर उहाँ कैलास केसीले नै बैंकमा लानुभएको छ भन्ने जवाफ दिएँ ।

उहाँको कागजात मसँग हुने कुरा भएन । ५ मिनेटपछि कैलाश केसी र शिव प्रसाद रिजाल आउनुभयो । उहाँहरु ३ जना एउटा कुनामा गएर छलफल गर्नुभयो । ती बैंकका मान्छे केही कुरा गरेर फर्किए । त्यसपछि रिजाल र केसी अफिसमा आउनु्भयो । चिसो खाउँ भन्नु भो । मैले मानिन । किनकी खाना खाने बेला भएको थियो ।


होइन यत्रो सहयोग गर्नु भएको छ । एउटा चिसो त खाउँ न भनेपछि मैले खाएँ । कैलाश केसीले भन्नुभयो,–‘भाई तपाईंले हामीलाई यत्रो सहयोग गर्नुभयो । तपार्ईंलाई धेरै धन्यवाद ।’ मैले धन्यवाद स्वीकार गरेँ । उहाँको नाम शिव प्रसाद रिजाल हो । उहाँ धादिङको निलकण्ठ नगरपालिकाको जमिनदार हो । उहाँसँग अथाहा सम्पत्ति छ । अथाहा जग्गा छ भन्नुभयो । मैले अँ भन्नुस् न भनेँ । उहाँसँग भएको सम्पत्तिमा मेरो हक लाग्ने होइन ।

त्यसकारण मलाई चासो लागेन । तर कुरा सुन्न त पर्यो । उहाँँसँग यत्रो सम्पत्ति छ । तपाईले हामीलाई सहयोग गर्नुभयो । हामीले पनि सहयोग गर्छौ भनेपछि मैले के कस्तो सहयोग हो भनेँ । ‘तपाईं यो अरुको डिपोमा कति समय काम गरेर बस्नुहुन्छ तपाईंपनि आफ्नो केही काम गर्नुस् । हामी तपाईंलाई सहयोग गर्छौं भने ।

मैले भनेँ, ‘आफ्नै काम गर्न पाए त म जस्तो भाग्यमानी को होला र ? भन्नुस् न कस्तो सयहोेग गर्नु हुन्छ ? भनेँ । कैलाश केसीले भने, ‘शिव प्रसाद रिजालको धादिङवेशी स्थित निलकण्ठ नगरपालिकामा जग्गा छ । झण्डै आनाको २५ देखि ३० लाख पर्ने जग्गा तिम्रो नाममा पास गरिदिन्छु ।’

केवल पास खर्च मात्रै बोकेर हिँड्नुस् जग्गा पास गरिदिन्छौँ भन्नभो । कहाँ त्यसरी हुन्छ र पैसा नलिई के जग्गा पास होला र ! भनेँ । शिव प्रसाद रिजालले मेरो आफ्नै जग्गा हो म गरिदिन्छु भन्नुभयो । तपाईं सोझो लाग्यो मलाई मनपर्यो तपाईंले खाएर भाग्ने होइन भन्नु भयो ।

म गरिदिन्छु भन्नुभयो । मैले २/३ दिनको सोच्ने समय मागेँ । दुई दिनपछि उहाँहरु दुवै जना फेरी डिपोमा आउनुभयो । भोली नै जाउँ पास गर्न भन्नुभयो । भोलीपल्ट कैलाश केसी र म यहाँबाट धादिङ मालपोत हिड्यौँ । त्यहाँ भिम धामी भन्ने मान्छे भेटिनुभयो । त्यहाँ पुगेपछि भिम धामीको नाममा जग्गा राखिदिन्छौँ भन्ने कुरा गरियो । पास खर्च माग्ने काम पनि भयो । पैसाको कागज बनाइदिनुपर्छ भन्ने कुरा गरियो ।


त्यो मैले मानिनँ । शिव प्रसाद रिजालले २५/३० लाख आनाको पर्ने जग्गा दिन सक्दैनौँ । सुनौला बजारभन्ने ठाउँमा मेरो जग्गा छ त्यहाँको एक डेढ रोपनी जग्गा तपाईंको नाममा पास गरेर दिन्छौँ भन्नुभयो । मैले जग्गा हेर्न जाउँ न त भनेँ ।

बर्खाको सिजन छ बाटो हिलो छ भन्दै देखाउन जान आनाकानी गरियो । त्यसो भए जग्गा नहेरी पास नगरौँ भनेँ । तपाईंले विश्वास गरेर कागज गरे भइहाल्छ भन्ने कुरा आयो । मैले मानिनँ । हामीबीच डिककस भएपछि खाना खान गइयो । खाना खाएर बाहिर निस्किएपछि चिसो खाउँ भन्ने कुरा आयो ।

सबैजनाले चिसो खाएपछि म बेहोसी अवस्थामा पुगेछु । म अचेत भएको बेला म मार्फतबाट चारवटा कागजमा औँठा छाप लगाउनु भएछ । त्योबेला सपना हो की विपना भएको थियो । त्यसको २ दिनपछि मात्रै होस आयो । धादिङ गएको याद हुने तर त्यहाँ गएर के गरेको भन्ने याद नहुने भयो । मैले केही गलत काम कि गरेँकी भन्नेभयो ।

ड्रोयरमा हेरेँ । केही देखिनँ । अनि ढुक्क भएर बसेँ । ६ महिनापछि मलाई शिव प्रसाद रिजालको फोन आयो,–‘भाई मैले तपाईंलाई जग्गा पास गरेर दिएको थिएँ । तपाईंले कागज गरेअनुसार पैसा दिनुपर्दैन ? भन्नु भो । म छक्क परेँ । मैले जग्गा किनेको भए मेरो नामको लालपुर्जा देखाउनु भनेँ । मैले बनाएको कागज पनि ल्याउनुस् भनेँ । त्यो हेर्न त पर्यो नी । तर चासो देखाउनु भएन । विवाद बढिरहयो तर कुरा भएको थिएन ।

गत साउन १३ गते अदालतबाट फिराद पत्र आएछ । म काठमाडौंमा थिइनँ । लडाउनका कारण उतै फसेँ । घरबाट फोन आयो । र मुद्दाबारे जानकारी गराइँयो । घर आएँ । त्यहाँबाट शिव प्रसाद रिजाललाई फोन गर्दा सम्पर्क हुन सकेन । फेरी अर्को फिराद पत्र आएपछि म धादिङ गएर प्रत्ति उत्तर दर्ता गरेँ । र ठगीको मुद्दा प्रहरीलाई दिएको छु । तर दर्ता भएको छैन ।

अदालतमा पेश भएको कागजात हेर्दा २०७५ साउन १३ गतेको मितिमा एउटा ८ लाखको कागज बनाएको रहेछ । त्यसपछि ७५ मंसिर तिर साढे ४ लाख रुपैयाँको कागज बनाएको देखियो । अर्को कागज फेरी ६ लाखको बनाएको रहेछ । त्यस्तो फेरी १८ लाख रुपैयाँको कागज बनाएको रहेछ । कुल साढे ३६ लाखको कागज तयार पारिएको रहेछ ।

म शिव प्रसाद रिजालको ठगी धन्दाको शिकार भएँ । उहाँले म जस्ता धेरै मान्छेको घरबार विहिन बनाउनु भएको छ भन्ने सुनेको छु । प्रहरी प्रशासनले सत्यतथ्य छानबीन गरेर कानुनी कारबाहीको माग गर्दछु ।

के तपाईंको पनि व्यक्तिगत समस्या, कथा र समाचार छन् ? छन् भने हामी तपाईंको समस्या, पीडालाई पर्सनल स्टोरी ‘personal Story’ मा प्रकाशन गर्नेछौं । हामीलाई [email protected] मा इमेल वा 9810239889 मा फोन गर्नुहोस् ।

Note : हामी तथ्य जाँचपछि यो स्तम्भमा तपाईंको व्यक्तिगत समस्यालाई स्थान दिनेछौँ

TATA ADD