सामाजिक सञ्जालमा पेस्तोल देखाएर डिआइजी मेरो साथी हो भन्ने युवा सिआइबीको फन्दामा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १२ मंसिर । सामाजिक सञ्जाल फेसबुकमा सिक्सर पेस्तोल देखाउँदै पेस्तोल चाहिए आफूलाई सम्पर्क गर्न भन्दै विज्ञापन गर्ने एक युवा पक्राउ परेका छन् ।


प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले सिन्धुपाल्चोकको बाह्रविसेबाट ती युवालाई पक्राउ गरेको हो । आफूलाई डिआइजीको साथी हुँ भन्दै आएका ती युवाले फेसबुकमा आफ्नो नाम विजय अर्याल रहेको लेखेका थिए । यस विषयमा दियोपोस्टले शुक्रबार साँझ समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि सिआइबीले शुक्रबार राती नै उनलाई पक्राउ गरेको उच्च स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ ।

हातमा लिँदै गरेको, कम्मरमा भिरेको र आफैलाई कन्चटमा पेस्तोल ताकेको फोटो राखेर उनले यस्तो पेस्तोल चाहिए आफूलाई सम्पर्क गर्न भन्दै मोबाइल नम्बर समेत सार्वजनिक गरेका थिए ।

मोबाइल नम्बर ९८४८५१३८५० नम्बरमा फोन गर्न उनले भनेका थिए । सामाजिक सञ्जालमा उनको यस्तो तस्विर देखेपछि एक व्यक्तिले भोली समस्या पर्ला की भनेर सचेत गराउँदा उनले भनेका छन्,‘प्रहरीका डिआइजी मेरो साथी हो ।’

सम्बन्धित खबर

सिफारिस