फोटो पत्रकार कुमार श्रेष्ठले खिचेको जनयुद्धकालको तस्विर अब पुस्तकमा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ मंसिर । १० वर्षे सशस्त्र युद्धकालमा जोखिम मोल्दै फोटो पत्रकारितामा क्रियाशिल कुमार श्रेष्ठलाई ‘युद्ध फोटो पत्रकार समेत भनिन्छ । उनै युद्ध फोटो पत्रकार कुमार श्रेष्ठले १० वर्षे जनयुद्धकालमा खिचेका तस्विरहरुको संगालो एकमुष्ठ रुपमा पुस्तकमा ल्याउने भएका छन् ।
उनले योसँगै नेपालमा २०७२ साल वैशाख १२ गतेको भूकम्पमा खिचेका तस्विर समेत सार्वजनिक हुने भएको छ ।


श्रेष्ठले ४२५ नामक तस्विरमात्र भएको पुस्तक छिट्टै सार्वजनिक गर्ने भएका हुन् । यो पुस्तकमा भूकम्पपछिको दृष्यहरु संकलन गरिएको छ ।

पुस्तकमा लगभग २ सय भन्दा बढी तस्विरहरु रहनेछन् । वैशाख १२ को भूकम्प र त्यसले नेपाली समाजमा पुर्याएको क्षती, पिडालाई नेपालीहरुले कहिल्यै विर्सन नहुने फोटोग्राफर कुमार श्रेष्ठको भनाई छ । ‘त्यो दृष्य हामी नेपालीहरुले कहिल्यै भुल्ने छैनौँ । राज्य संयन्त्रले पनि त्यसलाई ख्याल गर्नुपर्छ । नेपाली समाजमा भूकम्पले पारेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक प्रभावलाई तस्विरले चित्रण गर्छ । भौतिक संरचनाको विकासमा राज्य संयन्त्र र आम नागरिकले ध्यान दिनुपर्छ भन्ने संकेत पनि यो पुस्तकले दिने छ,’ उनले भने ।


पुस्तक ४२५ को बारेमा अमेरिकाका लागि राजदुत डा अर्जुन कुमार काकी र नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट एच डेलेसीले प्रशंसा गदै भूमिका लेखेका छन् ।

छायाचित्रकार श्रेष्ठले उक्त पुस्तकबाट आएको रकमबाट समाजसेवा अन्तर्गत पूर्व अमेरिकन राजदुत स्कट डेलेसीको गैर मुनाफा सँस्था सोरवे फाउडेसन लगायतलाई सहयोग हुने बताए ।
२०५२ साल देखि नेपालमा शुरु भएको सशस्त्र जनयुद्ध सम्बन्धी पुस्तक ‘वार पिपुलमा’ भने युद्धकालमा तस्विरहरु देखिनेछ ।


पुस्तकले नेपालमा भएको सशस्त्र जनयुद्धलाई दृष्यमा देखाउने पत्रकार श्रेष्ठले बताए ।

सम्बन्धित खबर

सिफारिस