डेढ लाख घुससहित २ जना वडा सदस्य अख्तियारको नियन्त्रणमा !

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक २९, २०७८ | १९:२३:२७

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का २ जना वडासदस्य १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

वडा सदस्यहरु सोनेलाल साह र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न भएपश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफरिस गरिदिए बापत डेढ लाख रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको सुचनाको आधारमा अख्तियारले साह र रायलाई लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित सोनेलाल साहले सञ्चालन गरेको कृष्ण इन्टरप्राइजेजबाट नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित खबर