३५ दिने सुचनामा अन्नपूर्ण पोस्टमै छापियो लक्ष्मी पौड्यालको तस्विर !

दियो पोस्ट  

काठमाडौं । गत शुक्रबार अन्नपूर्ण पोस्ट दैनिकमा एउटा सुचना प्रकाशित भयो । दैनिकजसो ३५ दिने अल्टिमेटम सहितको कर्जा तिर्न आउने सुचना प्रकाशित हुन्छ । तर, शुक्रबार प्रकाशित अन्नपूर्ण पोस्टको ७ नम्बर पृष्ठमा भने सुचनासहित एकजना व्यक्तिको तस्विर समेत थियो । जो अन्नपूर्ण मिडिया नेटवर्ककै पूर्व प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौड्यालको थियो ।

यसअघि एपीवान टेलिभिजन तथा अन्नपूर्ण मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका उनी हिजोआज सम्पर्क विहिन छन् । कर्जा तिर्न नसकेर कालोसूचीमा पर्न लागेका एक ऋणीको परिवारको जमानत बसेको भन्दै पौड्यालको तस्विर छापिएको छ ।

सनराइज बैंकले पैसा तिरेर छापेको उक्त सुचनामा पौड्याल सहितका जमानतकर्ताले ३५ दिन भित्र कर्जा नतिरे कालोसुचीमा राखिने चेतावनी दिइएको छ ।

पौड्यालको जमानतमा सनराइज बैंकबाट ऋणी दि कञ्चनजंगा कन्स्ट्रक्सन कम्पनि प्रालीले महिन्द्राको २ वटा पिकअप भ्यान, २ वटा लोडर र ३ वटा स्क्याभेटर खरिद गरेको देखिएको छ । यसअघि अन्नपूर्ण मिडिया नेटवर्कका मालिक रामेश्वर थापाका अति निकट मानिने पौड्यालले नै थापाको धन्दा सम्हाल्दै आएका थिए ।

थापामाथि पोखराका शिव प्रसाद बास्तोलाले ठगी मुद्दा दायर गर्दा पौड्यालले नै डिल गरेका थिए । पौड्याल र बास्तोलाबीच लेनदेन डिल हुँदा नमिलेपछि अन्नपूर्णपोस्टको पहिलो पोस्टमै सुचना छापिएको थियो । सोही प्रकरणपछि अन्नपूर्णबाट बाहिरिएका पौड्यालकै तस्विर समेत शुक्रबार छापिएको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ