काठमाडौं । सार्वजानिक सम्पदा समय फल्चा हडपेर भौतिक संरचना निर्माण गर्ने श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाले समाचार शेयर गर्ने र सम्पदाको पक्षमा वकालत गर्ने माथि मुद्दा लगाएर दुख दिएको छ ।
सहकारीले ललितपुरका स्थानिय समाजसेवी तथा समय फाल्चा निर्माणमा सक्रिय पृथबिन्दु महर्जन र केशव पुरी विरुद्ध जिल्ला अदालत ललितपुरमा लिखित गाली बेइज्जती गरेको कसुरमा मुद्दा दायर गरेको हो । समय फल्चा हडपने र निर्माणमा अवरोध गर्ने (प्रमुख अभियुक्त) तथा श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
महर्जनले समय फल्चा निर्माणको लागि सामाजिक संजालमा अभियान थालेकी थिइन् । उनले दियोपेस्ट डटकम लगायत अन्य संचार माध्यममा आएका फल्चा निर्माण सम्बन्धी न्युजहरु शेयर गर्ने गरेकी थिइन् । पुरीले पनि महर्जनले जस्तै समाचारहरु शेयर गर्ने र सम्पदाको पक्षमा आवाज उठाएका थिए ।
२०६ बर्ष भन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेष माथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र मापदण्ड विपरित भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिका बीच विवाद भएको थियो ।
सहकारीले फल्चा निर्माण रोक्न जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा (झूठो) विवरण सहित मुद्दा दायर गरेको थियो । तिनै तहको अदालतमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको झुठ पराजित भएपछि पनि उनले गृहमन्त्रालयलाई शक्तिको दुरुपयोग गरेर फल्चा निर्माण रोक्न दोहोरो पत्र समेत लेखाएका थिए ।
हाल तिनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय फल्चा निर्माण कार्य सम्पन्न हुने तयारीमा छ । समय फल्चा निर्माण कार्य सम्पन्न भएपछि सहकारीले आफ्नो भवन प्रवेशको पूर्वी मार्ग नै पाउनेछैन ।