काठामाडौं । साताको तेस्रो दिन नेप्सेको गिरावटले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २४ अंकले घटेको नेप्से आज पुन चार दशमलव ८७ अंकले घटेर १९ सय ३३ दशमलव ८८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव आठ अंकमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीहरुको १९ हजार एक सय २१ पटकको कारोबारमा २५ लाख ८१ हजार चार सय २५ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सो मध्ये जीवन बीमा समुहको सुचक शुन्य दशमलव ६७ अंकले बढेर नौं हजार दुई सय ९४ दशमलव ९५ अंकमा चढेकोमा लघुवित्त र अन्य समूहको सुचक पनि बढेका छन् । बाणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५५ दशमलव ३५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक २३ दशमलव ८६ अंकले घटेर तीन हजार चार सय छ दशमलव १८ अंकमा झरेको छ ।