साताको पहिलो दिनमै ३२ अंकले घट्यो नेप्से, १ अर्ब १० करोडको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से घटेको छ । नेप्से आज ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा झरेको छ । दुई सय ५३ वटा कम्पनीहरुको २४ हजार छ सय ४४ पटकको कारोबारमा ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दशमलव ८० अंकले घटेर १३ सय सात दशमलव १३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४७ दशमलव ९१ अंकले घटेर तीन हजार तीन सय २७ दशमलव ४७ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ४७ अंकले घटेर १९ सय ५७ दशमलव ८५ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव ४४ अंकले घटेर नौं हजार एक सय ३२ दशमलव ८७ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ९८ दशमलव ४० अंकले घटेर सात हजार चार सय ५३ दशमलाव छ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।