सोमबार १७ अंकले उकालो लाग्यो नेप्से, एक अर्ब ३६ करोडको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको दोस्रो दिन नेप्सेका करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै ३२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने १६ दशमलव ९७ अंकले बढेर १९ सय दुई दशमलव २८ अंकले उकालो लागेको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५७ अंकले बढेर तीन सय ७२ दशमलव ९३ अंकमा चढेको छ ।

दुई सय ४५ वटा कम्पनीहरुको २२ हजार नौ सय ९३ पटकको कारोबारमा ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३६ करोड ६० लाख १० हजार चार सय ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा वाणिज्य बैंक समूहको सूचक सात दशमलव ५९ अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये बिकास बैक समूहको सूचक २७ दशमलव ६९ अंकले बढेर १५ सय ५९ दशमलव २५ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ३० दशमलव ९९ अंकले बढेर १९ सय ८८ दशमलव ८३ अंकमा चढेको छ ।

समिट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ६६ रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई ब्यालेन्स फण्ड १ को प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेर आठ रुपैयाँ १६ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।