गाउँलेबाट २५ लाख रुपैयाँ उठाएर सिद्धलेक ७ का पूर्ववडाध्यक्ष सम्पर्कविहिन :विद्युत काटियो, गाउँमा अन्धकार

- दियोपोस्ट  

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ का निवर्तमान वडाध्यक्ष लक्ष्मण खतिवडाले स्थानिय जनतासँग २५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको पाइएको छ । स्थानियलाई विद्युत उपलब्ध गराइदिने बहनामा खतिवडाले जनताबाट २५ लाख रुपैयाँ उठाएपनि गजुरीस्थित विद्युत प्राधिकरणको कार्यालयलाई भने बुझाएका छैनन् ।

उनले रकम नबुझाउँदा सो क्षेत्रका जनता अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्ला स्थित नेपाल विद्युत प्राधिकरणका प्रमुख माधव न्यौपानेलाई सम्पर्क गर्दा उक्त रकम उठाउने विषयमा गजुरीस्थित प्राधिकरणसँग समन्वय भइरहेको बताए । यसअघि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षसमेत रहेका खतिवडाले जनतासँग विद्युत महशुलबापत उठाएको पैसा आफ्नो बैंक खातामा राखेर विद्युत प्राधिकरणलाई भुक्तानी नगरिदिएपछि विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु परेको छ । केहीदिन अघि पनि लाइन काटिएको थियो । लाइन काटिएपछि सिद्धलेक ४ गौथले, आधामारा आरुवास, भेडावारी, फाकफूक र खर्कगैरा लगायत स्थान अन्धकार भएको छ ।

 

खतिवडाले जनताबाट उठाचएको रकम नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा राखेर विद्युत प्राधिकरणलाई भने एक पैसा पनि भुक्तानी दिएका छैनन् । रकम भुक्तानी नभएकै कारण गत साउन ८ गतेदेखि सिद्धलेक ७ चामडाँडा, भालडाँडा र भैँसे पोखरी क्षेत्रका एक सय ३ घरका जनता अध्याँरोमा बस्न बाध्य भएका थिए ।

त्यति मात्रै होइन खतिवडाले २०६९ सालमा घरघरमा मिटर ल्याउँछु भन्दै प्रतिघर १८ सय रुपैयाँको दरले पैसा उठाएर हालसम्म पनि मिटर जडान गरेका छैनन् । उनी अमिरछाप सामुदायिक विद्युतीकरणका अध्यक्ष हुन् ।
विद्युत प्राधिकरणले न्युनतम शुल्क ३० रुपैयाँ निर्धारण गरेपनि खतिवडाले जनतासँग प्रतियुनिट ९० रुपैयाँ उठाउँदै आएका छन् । जनताले विद्युत माग्न थालेपछि उनी जनतााट समेत सम्पर्क विहिन भएका छन् ।