प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्याकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गर्ने छन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचेजति उपलब्धिमूलक नभएको बताउँदै आएका छन्। यद्यपि यसबीचमा आफूले धेरै सकारात्मक कामहरु अगाडि बढाएको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन्। सुशासन कायम गर्ने तथा आर्थिक अवस्था सुधारमा आफूले धेरै प्रयास गरेको प्रधानमन्त्रीको दाबी रहने गरेको छ।
प्रधानमन्त्री प्रचण्डले अब १ वर्ष आफू सुशासन कायम गर्ने लगायतका काममा अझ बढी केन्द्रित हुने बताउँदै आएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।