कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्ण मान डंगोल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनी ५ हजार ३ सय ३४ मतसहित विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाए ।

नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाए । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।