नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर, समेटिए यी १० परियोजना

प्रधानमन्त्रीको चीन भ्रमण

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

उक्त फ्रेमवर्कमा सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजना छन् ।

जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन लगायतका परियाेजनाहरू छन् ।

यी हुन् बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू

१ टोखा–छहरे सुरुङमार्ग

२ हिल्सा–सिमकोट सडक परियोजना

३ किमाथांका–खाँदबारी सडक र पुल

४ जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५ डडेलधुरास्थित अमरगढी सिटी हल

६ जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७ मदन भण्डारी विश्वविद्यालय

८ काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,

९ दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१० झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स