धादिङ । आइतबार विहानै धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्ण भीर पहिरो क्षेत्रबाट त्रिशुली नदिमा एक ग्याँस बुलेट ट्यांकर खसेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार उक्त बुलेट ट्यांकर चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको अपुष्ट जानकारी प्राप्त भएको छ ।
एनएल ०२ एल ३९०७ नम्बरको उक्त बुलेट ट्यांकर भित्र ग्याँस भरिएको हुनसक्ने र चुवाहट भएमा तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले उक्त बुलेटबाट हुनसक्ने क्षति र जोखिम न्युनिकरणका लागि लागि परेको जनाएको छ ।