विपन्न वर्गलाई ऋण नदिएपछि मेगा, लक्ष्मि र कुमारी बैंकमाथि राष्ट्र बैंकको कारबाही !

दियो पोस्ट  

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । विपन्न वर्गलाई कर्जा प्रवाह नगरेको कारण मेगा बैंक, कुमारी बैंक र लक्ष्मि बैंक कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले विपन्न वर्ग क्षेत्रमा अनिवार्य रुपमा पाँच प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ ।

नेपाल राष्ट्र बैंकको वाणिज्य बैंक सुुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०७४÷०७५ लक्ष्मी बैंक, मेगा बैंक र कुमारी बैंकले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने तोकिएको कर्जा अनुुपात कायम नगरेपश्चात् कारबाही गरिएको हो ।
कारबाहीमा परेका लक्ष्मी बैंक र मेगा बैंकले आर्थिक वर्ष २०७४÷०७५ को दोस्रो त्रैमासिकमा विपन्न वर्गमा छुुट्याइएको कर्जा अनुपात कायम गरेका छैनन् ।

कारबाहीमा परेका बैंकहरुले जरिवाना तिरेका छन् । लक्ष्मी बैंकले ५ लाख ४० हजार दुई सय २४ रुपैयाँ र मेगा बैंकले २ लाख २६ हजार नौ सय ७८ रुपैयाँ जरिवाना तिरेका छन् ।
कुमारी बैंकलाई भने आर्थिक वर्ष २०७४÷०७५ मा पाँच प्रतिशत विपन्न वर्ग कर्जा अनुपात कायम नगरेको आधारमा चार लाख ४९ हजार चार सय ९२ रुपैयाँ जरिवाना तिराईएको छ ।

TATA ADD