१ वर्षमा परिसुचक ४१० अंकले घट्यो, आईतबारदेखि लगानीकर्ता अनशन बस्ने

दियो पोस्ट  

काठमाडौं, मंसिर २२ । धितोपत्र बजार १ वर्षको अवधिमा अत्याधिक खस्किएको छ । १ वर्षअघि १५ सय ३० दशमलव ४९ अंकमा रहेको नेप्से परिसुचक पछिल्लो दिनको कारोबारसम्म आईपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आईपुगेको छ । यो भनेको ४ सय ९ दशमलव ६५ अंकको गिरावट हो ।

नयाँ स्थायी सरकार निर्माण भएसँगै पुँजीबजार पनि सुधारिने आशा गरिएको भएपनि यति ठूलो परिणाममा पुँजीबजार खस्किएको हो । देशमा लगानीमैत्री वातावरण बन्ने आशमा बसेका नागरिकहरु चित्तबुझ्दो बजार व्यवस्थापन हुन नसक्दा निरुत्साहित भएका हुन् ।

सबै संयन्त्र एउटै पार्टीको हुँदा समेत सरकारले आर्थिक समृद्धिमा गराउन नसकेको भन्दै सरकारको चौतर्फी विरोध भैरहेको छ । यसको एथेष्ट प्रमण धितोपत्र बजार पनि हो ।


अनलाईन प्रणालीको १ महिनामा ८५ अंकको गिरावट
धितोपत्र बजारमाग अनलाईन पूर्ण स्वचालित प्रणाली अर्थात अनलाईन प्रणाली मार्फत कारोबार सुरु भएसँगै बजार सुधारिने आशा गरियो । तर, त्यसो हुन सकेन, अनलाईन प्रणालीमार्फत कारोबार भएको १ महिना वित्दा झण्डै ८५ अंकको गिरावट आयो ।

यसले अनलाईन प्रणाली र यस्तै अरु प्रविधिको विकास हुँदैमा लगानीकर्ता लगानी गर्नतिर लाग्दैनन भन्ने प्रमाणित हुन्छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते तीन करोड रुपैयाँको मात्रै कारोवार भएको थियो ।

लगानीकर्ता आईतबार अनशन बस्ने
शेयर बजार अत्याधिक घटेसँगै लगानीकर्ताहरुले अर्थमन्त्री युवराज खतिवडाको राजिनामा माग गरेका छन् । शेयर बजार तिब्र रुपमा ओरालो लाग्दा समेत कुनै चासो नदेखाएको भन्दै लगानीकर्ताहरु भोली आईतबार अनशन बस्दै छन् ।

उनीहरुले वर्तमान अर्थमन्त्री पुँजीबजार विरोधी रहेको समेत आरोप लगाएका छन् । आफ्नो सम्पत्ती सुरक्षा गर्ने संवैधानिक हक अन्तर्गत नेपाल सरकार र नियमनकारी निकायलाई दबाब दिन आईतबार विहान १० बजे नेपाल स्टक एक्सचेन्जको कार्यलयमा धर्ना बस्न लागिएको शेयर लगानीकर्ताहरुले बताएकाछन् ।

के के छन् शेयर लगानीकर्ताका माग ?
१) सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस ।

२) अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याओस ।

३) धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस ।

४) शेयर दलाल मार्फत मार्जिन ट्रेडिड। तत्काल खुला गरियोस ।

५) शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस ।

६) धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस ।

७) ग्रेड चार र पाँच रेटिड। प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस ।

८) कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस ।

९) सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस ।

१०) कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस ।

समस्या हटेको दाबी
नयाँ अनलाईन प्रणाली मार्फत कारोबार सुरु भएपछि लगानीकर्ता अल्मलिएकोले कारोबारमा समस्या आएको भनियो । नेपाल स्टक एक्सचेन्जले सबै समस्याको समाधान भैसकेको बताएपनि बजार भने सुधारिएको छैन । बढेको दिनमा पनि परिसुचक सामान्य अंकले मात्रै सुधार भयो ।

प्राविधिक समस्या देखिएपछि स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान गरिएको एक्सचेन्जका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।

नयाँ प्रणालीको माध्यमबाट व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्ने सक्ने व्यवस्था गरिएको छ ।

कहिलेदेखि सुरु भयो कारोबार ?
विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा आदेश लेख्ने व्यवस्था थियो । यस्तै २०६४ सालदेखि सेमी अटोमेटेड टे«डिङ सिष्टम सञ्चालनमा ल्याएको थियो । यस्तै २०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो । कत्तिक २० गतेबाट स्वचालित अनलाईन प्रणाली मार्फत कारोबार सुरु भएको हो ।

नयाँ प्रणालीबाट कसरी कारोबार गर्ने ?
नयाँ प्रणालीबाट शेयर कारोवार गर्न एक पटक मात्रै धितोपत्र दलाल व्यवसायीकोमा युजर नेम र पासवर्ड लिए हुन्छ । सो प्रणालीबाट घर, कार्यालय वा विदेशबाट पनि शेयर खरीद गर्न वा बिक्री गर्न सकिन्छ । त्यसका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम भने हुनु आवश्यक पर्दछ ।

के हो धितोपत्र ?
सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार ९स्टक एक्सचेञ्ज० मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ । नेपालमा पहिलो पटक वि.सं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए ।

सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

TATA ADD

सिफारिस