जगदिश्वरनरसिंह केसी भन्छन्,‘माइक फालेर प्रकाश शरण महत भागेपछि साम्य भो’

दियो पोस्ट  

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा माइक खोसाखोस भएको छ । नुवोकोट जिल्लाका सभापति जगदिश्वरनर सिंह केसी र नुवाकोटकै कांग्रेस नेता समेत रहेका रामशरण महतका भाई तथा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतबीच माइक खोसाखोस भएको हो ।

केहीबेर अघि शुरु भएको बन्द सत्र कार्यक्रममा कन्द्रीय सदस्य, जिल्ला सभापतिहरु एकै ठाउँमा भेला भएका थिए । पार्टी सभापति शेर बहादुर देउवाले ‘अब जिल्ला सभापतिहरुश्र बोल्नुस्’ भन्दै आदेश दिएका थिए । देउवाको आदेश लगत्तै विधान नआउँदै आफूहरु नबोल्ने भन्दै जिल्ला सभापतिहरु आक्रोशित हुँदै जुरुक्क उठेका थिए । जिल्ला सभापतिको नेतृत्व गर्दै नुवाकोट कांग्रेसका सभापति जगदिशनर सिंह केसी मञ्चमा पुगेका थिए ।

‘उनले चार दिनसम्म किन विधान प्रस्तुत भएन’ मञ्चमा भाषण गर्न खोज्दै थिए । नजिकै रहेका प्रकाशशरण महतले माइक खोसेपछि बन्द शत्रमा निकै ठूलो हल्ला भएको थियो ।

के भएको थियो ? कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले यस्तो बताए :

 

हामी बिहानबाटै बन्दसत्रका लागि तयार भएर गएका थियौं । तर चार दिनसम्म पनि विधानको मस्यौदा बन्दसत्रमा प्रस्तुत नभएपछि महासमिति सदस्यहरु अन्सन्तुष्ट थिए । सभापतिले बन्दसत्र सुरु गरेपछि साथीहरु विधान आएन आएन भनेर हल्ला गर्न थाल्नुभयो । हामी जिल्ला सभापतिहरुले केन्द्रीय सभापतिलाई छलफल भएको चार दिन भइसक्यो । छलफलको विषय नै विधान हो ।

विधान नआएपछि कसरी छलफल गर्ने भन्यौं । यसकारण हामीलाई विधान चाहियो भन्यौं । सभापतिले विधान आउँछ आउँछ भन्नुभयो । हामीले फेरि आउँछ भनेको त तीन चार दिन भइसक्यो भन्यौं । चार दिनसम्म कु¥यौं तर, अझै आएन भन्यौं ।

साथीहरुले तलबाट झन् बढी समर्थन गर्न थाले विधान चाहियो चाहियो भनेर । त्यसपछि सभापतिले विधान आएपछि छलफल हुन्छ भनेपछि म साथीहरुलाई अहिले शान्त होउँ भन्नका लागि पोडियमतिर गएँ । तर, प्रकाशशरण महतले मैंले बोल्दै गरेको माइक खोसेर फाल्दिनुभयो ।

हामी ४०/५० सभापतिहरु मथि मञ्चमा गएका थियौं । महतले माइक खोसेपछि झन् बढी होहल्ला र हंगामा भयो । महासमिति सदस्यहरु माथि उक्लिन थाल्नुभयो । साथीहरु माथि उक्लिन थालेपछि उहाँ (महत) त्यहाँबाट भाग्नुभयो । अनि परिस्थिति साम्य भयो ।

TATA ADD

सिफारिस