काम छोडेर भाग्न लागेका मेलम्चीको ठेकेदार पुन काममा फर्किए, दुतावासले लियो जिम्मा

दियो पोस्ट  

काठमाडौँ, पुष ९ । बिचमै काम छोडेर सुटुक्क आफ्नो देश फर्किन लागेका मेलम्ची खानेपानी परियोजनाका ठेकेदार पुन काममा फर्किएका छन् । इटालियन ठेकेदार कम्पनी सिएमसिडी ठेक्का सम्झौता रद्द गरेर भाग्न लागेका बेला सरकारले उक्त कम्पनीको करिब साँढे दुई अर्व धरौटी रोक्का गरेपछि ठेक्का रद्द फिर्ता गर्दै काममा आउन लागेको हो ।

ठेक्का रद्द फिर्ता गरेपनि उनिहरु अझै काममा भने फर्केका छैनन् । रद्द पत्र सरकारलाई फिर्ता गर्दै उनिहरु इटाली फर्केका छन् । इटालीबाट क्रिसमस मनाएर फर्किने सर्तमा गएको खानेपानी मन्त्रालय स्रोतले बताएको छ ।

गत आइतबार ठमेलको एक होटलबाट समातिएका उनिहरुलाई खानेपानी मन्त्रालयको जिम्मा लगाइएको थियो । त्यसपछि कम्पनीको धरौटी रोक्का गरिएको थियो भने उनिहरुको राहदानी पनि सरकारले नियन्त्रणमा लिएको थियो । त्यसपछि सिएमसिडीले परियोजना निर्माण पुरा गर्नको लागि सरकारसंग थप ३५ करोड रुपैयाँ माग गरेको थियो । सरकारले काम सक्किएपछि दिने निर्णय गरेपछि कम्पनीले ठेक्का रद्द गरेको थियो ।

खानेपानी मन्त्रालयले काम गर्ने प्रतिवद्दता सहित फर्किए उनिहरुले माग गरेको ३५ करोड दिने बताएको छ । परियोजना निर्माण गरिरहेको इटालियन कम्पनी भने टाट पल्टिएको ठेकेदारले बताए । इटालीको प्रसिद्द कम्पनीमध्य एक रहेको सिएमसीडी स्थापना भएको सय बर्ष भन्दा बढी भैसकेको छ ।

सन् २०१७ मा यो कम्पनीको वार्षिक आय करिब १५ अर्ब डलर थियो। यो मध्ये ७५ प्रतिशत आय कम्पनीले विदेशमा काम गरेर आर्जन गरेको थियो। पछिल्लो एक वर्षदेखि भने कम्पनीमा नगद प्रवाहको समस्या देखिएको थियो। करिब एक वर्षअघि सो कम्पनीले ५० करोड युरो बराबरको बोण्ड जारी गरेको थियो।

अघिल्लो महिना मात्र सो कम्पनीले ती बोण्डबापतको पैसा तिर्न नसक्ने जनाएको थियो। एक महिनाअघिनै इटालियन सञ्चार माध्यमहरूले ३० दिनभित्र आफ्नो नगद प्रवाहको समस्या सुल्झाउन नसके कम्पनी टाँट पल्टिनसक्ने जनाएका थिए।

सिएमसीले नेपाललगायत अल्जेरिया, अंगोला, अर्जेन्टिना, साउदी अरेबिया, चीन,इजिप्ट, फिलिपिन्स, फ्रान्स हङकङ, भारत अमेरिका सिंगापुर दक्षिण अफ्रिका स्विडेनलगायत दुई दर्जनभन्दा बढी देशमा काम गर्दै आएको छ।

दूतावासको रोहबरमा सीएमसीका कामदार छुटे

मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्सको जिम्मा पाएको सीएमसीले सुरुङमार्ग खनेर फिनिसिङको काम पनि अन्तिम चरणमा पुर्‍याएको अवस्थामा ठेक्का छाडेको जानकारीसहितको पत्र आयोजनालाई दिएको थियो ।

पत्र बुझाउनुभन्दा अघिल्लो दिनमा नै विदेश उड्न लागेका ठेकेदार कम्पनीका प्रतिनिधिलाई दरबारमार्ग प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएर सरकारलाई बुझाएको थियो ।

उनीहरुको पासपोर्टसमेत जफत गरेर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई प्रहरीले जिम्मा लगाएको थियो । तर, दूतावासको एउटा पत्रपछि सीएमसीका प्रतिनिधिहरु छुटेका छन् ।

मन्त्रालय स्रोतका अनुसार, दूतावासले खानेपानी मन्त्रालयलाई पत्र लेखेर सीएमसीका कामदारहरुलाई अंग्रेजी नयाँ वर्षपछि फर्काउने बताएको छ । सोही लिखित वचनको आधारमा मन्त्रालयले कामदारहरुको राहदानीसमेत फिर्ता दिएको छ ।