प्रेम प्रस्ताव अस्विकार गर्दा किशोरीमाथि छुरा प्रहार, तिघ्रामा सात इन्च गहिरो घाउ

Diyo post  

बिरगंज, पुष ९ । पर्साको पर्सागढी नगरपालिका–२ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै युवतीमाथि छुरा प्रहार गरेका छन् । स्थानिय जनता उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने १८ बर्षिया शाकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहार बाट उनको तिघ्रामा सात इन्च गहिरो घाउ लागेको छ भने अत्याधिक रक्तस्रावको कारणले उनका अवस्था निकै गम्भिर भएको बताइएको छ । वीरगञ्जको नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा उनको उपचार भइरहेको बताइएको छ । शरिरमा रगतको मात्रा कम भएपछि उनलाई ३ प्याकेट रगत दिइसकेको छ भने थप एक प्याकेट पनि दिइन लागिएको छ ।

छुरा प्रहार गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको थालनी गरिसकेको छ । सोमबार विहान स्कुल जाने समयमा चौधरीले बाटो छेकेर साकुन्तलामाथि अन्धाधुन्द छुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अस्पतालमा अचेत अवस्थामा रहेकी सकुन्तलालाई भेट्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव समेत पुगेका छन् । उनले घाइतेको अवस्था बुझ्दै दोषिमाथि कडा कारवाही गर्नको लागि पहल गर्ने बताए ।
सकुन्तलामाथि छुरा प्रहार भएपछि स्थानिय आन्दोलित भएका छन् । महिला सुरक्षाको माग राख्दै प्रदर्शनमा उत्रिएका महिलाहरुले प्रहरी चौकीको कम्पाउण्ड वाल समेत भत्काएका छन् । उनिहरुले अपराधीलाई हदैसम्मको कारवाही हुनुपनेै माग राख्दै मनवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन् । उनिहरुलाई रोक्नको लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा जनाप्रतिनिधिहरुले सम्झाइ बुझाइ गरेको थिए ।

सम्बन्धित खबर